डा.केसीको जीवन रक्षा गर्न राप्रपा अध्यक्ष राणाको आग्रह « Khabarhub

डा.केसीको जीवन रक्षा गर्न राप्रपा अध्यक्ष राणाको आग्रह


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आग्रह गरेका हुन् ।

डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक बनेको भन्दै अध्यक्ष राणाले सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने बताए ।

शनिबार ट्वीट गर्दै उनले भनेका छन्, ‘अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु । डा. केसीको जीवन रक्षा गर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछु ।’

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : २८ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक