अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित « Khabarhub

अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एक सातामा ८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दैनिक लगातार एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो गत शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार, सोमबार र आज मंगलबार पनि १ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ५६४ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ४ लाख २१ हजार ८३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ५२ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३६ लाख २४ हजार ९२६ जनामध्ये १८ हजार ९५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ४४८ पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ०५ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित