आज फाल्गुनन्द जयन्ती, विशेष कार्यक्रम गरी मनाइँदै | Khabarhub Khabarhub

आज फाल्गुनन्द जयन्ती, विशेष कार्यक्रम गरी मनाइँदै


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइँदै छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम तथा तराईको झापामा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गरिँदै आएको छ । तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन ।

वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको वि. सं. २००५ सालमा निधन भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए ।

फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फाल्गुनन्दले समाज सुधारकाका लागि वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : २४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि