मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् ।

डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उनको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिए  ।

ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : २५ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,