किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारे « Khabarhub

किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारे


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- डडेल्धुरामा किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिएको चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले बताए ।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको साउदले जानकारी दिए ।

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका- १ मर्मागाड पुगेकी किशोरीको दिउँसो साढे २ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १२ : ५२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात