लमजुङमा साँढे ११ लाखसहित १४ जुवाडे पक्राउ « Khabarhub

लमजुङमा साँढे ११ लाखसहित १४ जुवाडे पक्राउ


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- प्रहरीले लमजुङमा जुवाको खालबाट साढे ११ लाख रुपैयाँसहित १४ जनालाई पक्राउ गरेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडे र नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने जुवाडेहरू लमजुङका अतिरिक्त तनहूँ, कास्की र गोरखा जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ र ६० वर्षीय कुलबहादुर गुरुङ छन् ।

यसैगरी, अन्य पक्राउ पर्नेमा सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती । ३५ वर्षीय योगेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

उनका अनुसार पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा छन् ।

उनले भने, ‘जुवाको खालबाट पक्राउ पर्ने अन्यमा तनहूँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहुँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहुँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी तथा गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षकाद्वय नरेन्द्र तामाङ र आकाश तामाङ रहेका छन् ।’ त्यस्तै, कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई रहेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : ०२ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका