लमजुङमा साँढे ११ लाखसहित १४ जुवाडे पक्राउ « Khabarhub

लमजुङमा साँढे ११ लाखसहित १४ जुवाडे पक्राउ


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- प्रहरीले लमजुङमा जुवाको खालबाट साढे ११ लाख रुपैयाँसहित १४ जनालाई पक्राउ गरेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडे र नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने जुवाडेहरू लमजुङका अतिरिक्त तनहूँ, कास्की र गोरखा जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ र ६० वर्षीय कुलबहादुर गुरुङ छन् ।

यसैगरी, अन्य पक्राउ पर्नेमा सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती । ३५ वर्षीय योगेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

उनका अनुसार पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा छन् ।

उनले भने, ‘जुवाको खालबाट पक्राउ पर्ने अन्यमा तनहूँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहुँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहुँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी तथा गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षकाद्वय नरेन्द्र तामाङ र आकाश तामाङ रहेका छन् ।’ त्यस्तै, कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई रहेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : ०२ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र