प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने | Khabarhub Khabarhub

प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिए ।

उनले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताए । मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गरे ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेटसमेत विनियोजन भएको जानकारी दिए । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको फोहोर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रूपमा कार्य शुरु गरिएको बताए ।

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरको फोहोर व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ०० बजे

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्

विद्युत अवरूद्ध हुँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश

गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

गाजा – प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १००

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना