प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने « Khabarhub

प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिए ।

उनले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताए । मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गरे ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेटसमेत विनियोजन भएको जानकारी दिए । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको फोहोर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रूपमा कार्य शुरु गरिएको बताए ।

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरको फोहोर व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ०० बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा