समाजवादी र राजपाले भ्रष्टचारीको संरक्षण गरेको अध्यक्ष राउतको आरोप « Khabarhub

समाजवादी र राजपाले भ्रष्टचारीको संरक्षण गरेको अध्यक्ष राउतको आरोप


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले समाजवादी पार्टी र राष्ट्रिय जनमत पार्टीले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

मंगलबार वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आमसभामा अध्यक्ष राउतले प्रदेश २ मा भ्रष्टाचार र गुण्डाराजलाई माैलाएको बताउँदै  यसलाई समाप्त पार्न जनमत पार्टी सक्रिय रहने बताए ।

‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’

समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको उनको आरोप थियो ।

मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको बताए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको बताएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ४७ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव