बाँस्कोटाको घर नजिक फेला पर्‍यो रिमोट, विप्लव समूहको पर्चा भेटियो | Khabarhub Khabarhub

बाँस्कोटाको घर नजिक फेला पर्‍यो रिमोट, विप्लव समूहको पर्चा भेटियो


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित निवासमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बाँस्कोटाको घरमा विस्फोट आफूहरुले गराएको दाबी गर्दै प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ ।

मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान सात बजेर ४० मिनेटमा विस्फोट भएको थियो । घर नजिकै विस्फोट गराउन प्रयोग गरिएको रिमोट फेला परेको प्रहरीले जनाएको छ ।

विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ ।

विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन् । बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ ।

एसपी सविन प्रधानका अनुसार पूर्वमन्त्री बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा विष्फोट भएको हो । उनले भने, ‘पूर्वमन्त्रीज्यूको लोकन्थलीस्थित निर्माणाधीन घरको कमाउन्ट वालमा विष्फोट भएको छ ।

विस्फोटबाट वालमा थोरै क्षति पुगेको छ । घरको शिशाहरु फुटेको छ । छेउको घरमा पनि सामान्य क्षति भएको छ । कसले घटना घटायो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौ ।’

बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ११ : १७ बजे

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये