कोरोना भाइरसको संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- गत वर्ष चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ ।

चीनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेपनि अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकमा कोरोनाको प्रभाव बढ्दै जान थालेको हो ।

अष्ट्रेलियामा भने संक्रमितको संख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् ।

उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ७७५ पुगेको छ ।

त्यहाँ थप छ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृतकको कूल संख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् ।

कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ ।

बेलायती स्वास्थ्यमन्त्रीमा नै कोरोना भाइरसको संक्रमण देखा परेको छ । बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको हो ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

बेलायतमा अहिलेसम्म ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता अमेरिकामा भने कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमितको संख्या १००१ पुगेको हो भने मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

उनीहरुले वासिङट्न राज्यमा २६०, न्यूयोर्क राज्यमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस संक्रमण देखा परेको जनाएको छन् ।

विश्वमा हालसम्म कोरोना भाइरसका कारण संक्रमितको संख्या १ लाख १९ हजार ५ सय ६४ पुगेको छ भने यसबाट हालसम्म ४३ सय २ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ३४ बजे

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र