महामारीकाबीच ताईवानी ईलाकामा चीनको सैन्य शक्ति प्रदर्शन « Khabarhub

महामारीकाबीच ताईवानी ईलाकामा चीनको सैन्य शक्ति प्रदर्शन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूरा विश्व कोरोनाको महामारीबिरुद्ध लडिरहँदा चीनले भने ताईवान वरिपरिको क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

चिनियाँ लडाकू बिमानले ताईवान वरपरको क्षेत्रमा अनाधिकृत रुपमा युद्वक विमानहरु उडाउँदा शुक्रबार विहान सामान्य भिडन्त समेत भएको छ ।

ताईवानको सेनाले टापुको दक्षिणपश्चिममा उडान गरिरहेका चिनियाँ युद्वक विमानहरूलाई चेतावनी दिन जेट समेत उतारेको रक्षा मन्त्रालयले जनाएको छ ।

ताईवानले जेट हानेर जवाफ दिएपछि चिनियाँ युद्वक विमानहरु ताइवान र फिलिपिन्सबीचको बाशी च्यानल हुँदै आफ्नो आधार ईलाका फर्किएको बताइएको छ ।

सन् २०२० को प्रारम्भबाट नै चीनको जल सेना र वायू सेनाले ताइवान वरपरको इलाकामा गतिविधिहरु बढाएको मन्त्रालयको दावी छ ।मन्त्रालयको विज्ञप्तिमा शुक्रवारको घटना जनवरी यताको छैठौं घटना भएको भनिएको छ।

यसअघि चीनले ताईवानी राष्ट्रपति त्सोइसेवेगनले ताइवानले औपचारिक स्वतन्त्रताका लागि महामारीको प्रयोग गरिरहेको दाबीलाई चीनले तीव्र आलोचना गर्दै आइरहेको थियो ।

कोभिड–१९ ले पैदा गरेको महामारीकाबीचमा चीनले आफ्नो सामर्थ्यको प्रदर्शन गर्न उत्तेजक सैन्य कदमहरू अगाडि बढाएको एक स्थानीय अखबार चाइना ब्रिफका सम्पादक जोन डोटसनले जनाएका छन् ।

महामारीले चीनमा गम्भीर आर्थिक मन्दी खडा गरेमा ताइवानको सामुद्रीक क्षेत्रमा तस्करी बढ्ने आकलन गरिएको छ । उक्त अवस्था आए दुई देशबीच सामुन्द्री द्वन्द्व बढ्ने द गार्जियनले जनाएको छ ।

सन् १९४९ को गृहयुद्वपछि ताइवान र चीनले छुट्टाछुट्टै शासन चलाउन थाले पनि ताइवानलाई चीनले आफ्नै प्रान्त दावी गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : २८ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६