महामारीकाबीच ताईवानी ईलाकामा चीनको सैन्य शक्ति प्रदर्शन « Khabarhub

महामारीकाबीच ताईवानी ईलाकामा चीनको सैन्य शक्ति प्रदर्शन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूरा विश्व कोरोनाको महामारीबिरुद्ध लडिरहँदा चीनले भने ताईवान वरिपरिको क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

चिनियाँ लडाकू बिमानले ताईवान वरपरको क्षेत्रमा अनाधिकृत रुपमा युद्वक विमानहरु उडाउँदा शुक्रबार विहान सामान्य भिडन्त समेत भएको छ ।

ताईवानको सेनाले टापुको दक्षिणपश्चिममा उडान गरिरहेका चिनियाँ युद्वक विमानहरूलाई चेतावनी दिन जेट समेत उतारेको रक्षा मन्त्रालयले जनाएको छ ।

ताईवानले जेट हानेर जवाफ दिएपछि चिनियाँ युद्वक विमानहरु ताइवान र फिलिपिन्सबीचको बाशी च्यानल हुँदै आफ्नो आधार ईलाका फर्किएको बताइएको छ ।

सन् २०२० को प्रारम्भबाट नै चीनको जल सेना र वायू सेनाले ताइवान वरपरको इलाकामा गतिविधिहरु बढाएको मन्त्रालयको दावी छ ।मन्त्रालयको विज्ञप्तिमा शुक्रवारको घटना जनवरी यताको छैठौं घटना भएको भनिएको छ।

यसअघि चीनले ताईवानी राष्ट्रपति त्सोइसेवेगनले ताइवानले औपचारिक स्वतन्त्रताका लागि महामारीको प्रयोग गरिरहेको दाबीलाई चीनले तीव्र आलोचना गर्दै आइरहेको थियो ।

कोभिड–१९ ले पैदा गरेको महामारीकाबीचमा चीनले आफ्नो सामर्थ्यको प्रदर्शन गर्न उत्तेजक सैन्य कदमहरू अगाडि बढाएको एक स्थानीय अखबार चाइना ब्रिफका सम्पादक जोन डोटसनले जनाएका छन् ।

महामारीले चीनमा गम्भीर आर्थिक मन्दी खडा गरेमा ताइवानको सामुद्रीक क्षेत्रमा तस्करी बढ्ने आकलन गरिएको छ । उक्त अवस्था आए दुई देशबीच सामुन्द्री द्वन्द्व बढ्ने द गार्जियनले जनाएको छ ।

सन् १९४९ को गृहयुद्वपछि ताइवान र चीनले छुट्टाछुट्टै शासन चलाउन थाले पनि ताइवानलाई चीनले आफ्नै प्रान्त दावी गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : २८ बजे

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित

काठमाडौं– विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने