कोरोनासँगै गर्मीयामका रोगको रोकथाममा तयारी रहन विज्ञहरुको सुझाव « Khabarhub

कोरोनासँगै गर्मीयामका रोगको रोकथाममा तयारी रहन विज्ञहरुको सुझाव


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसँगै नेपालले गर्मी याममा वर्षेनी फैलिने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको सन्दर्भमा खानेपानी तथा सरसफाइको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रालिले सरोकारवाला विज्ञसँग आज भिडियो कन्फरेन्स गरेको थियो ।

भिडियो कन्फरेन्समा सहभागी विज्ञले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरीसँगै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको र यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

सहभागी नेपाल सरकारका पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले विश्वमा महमारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र उपचारका लागि युद्धस्तरमा लाग्नुपर्ने बताउँदै गर्मी याममा हरेक वर्ष देखिने विभिन्न सङ्क्रात्मक रोगको नियन्त्रण र उपचारमा पनि उत्तिकै तयारी गर्न सुझाव दिए ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले हाल बनाइका क्वारेन्टाइनमा बस्नेहरुका लागि आधारभूत पूर्वाधार र सुविधा नदेखिएको भन्दै सफा शौचालय, साबुन, पर्याप्त गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्ने बताए । साथै उनले बजारमा गुणस्तर नभएका स्यानिटाइजर पनि देखिएकाले यसबारेमा अनुगमन गर्नुपर्ने सुझाव दिए ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजरले हात धोएर निस्क्रिय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए ।

उनले आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ६ : ४२ बजे

मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल

काठमाडौं- पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको भन्दै कानुनी

संघीय संसदमा अब विद्युतीय हाजिरी, सांसदको बायोमेट्रिक विवरण संकलन गर्न सुरु

काठमाडौं– संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक

दुई दिनअघि थुनाबाट छुटेका थिए कीर्तिपुरमा विपिनलाई चक्कु हान्ने युवक !

काठमाडौं- कीर्तिपुरमा बस्दै आएका युवक विपिन घिमिरेको हत्यामा संलग्न भनिएका

यातायात व्यवसायी महासंघको केन्द्रीय समिति बैठक बोलाइयो 

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको

मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक

एजेन्सी– दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको