कोरोनासँगै गर्मीयामका रोगको रोकथाममा तयारी रहन विज्ञहरुको सुझाव « Khabarhub

कोरोनासँगै गर्मीयामका रोगको रोकथाममा तयारी रहन विज्ञहरुको सुझाव


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसँगै नेपालले गर्मी याममा वर्षेनी फैलिने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको सन्दर्भमा खानेपानी तथा सरसफाइको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रालिले सरोकारवाला विज्ञसँग आज भिडियो कन्फरेन्स गरेको थियो ।

भिडियो कन्फरेन्समा सहभागी विज्ञले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरीसँगै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको र यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

सहभागी नेपाल सरकारका पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले विश्वमा महमारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र उपचारका लागि युद्धस्तरमा लाग्नुपर्ने बताउँदै गर्मी याममा हरेक वर्ष देखिने विभिन्न सङ्क्रात्मक रोगको नियन्त्रण र उपचारमा पनि उत्तिकै तयारी गर्न सुझाव दिए ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले हाल बनाइका क्वारेन्टाइनमा बस्नेहरुका लागि आधारभूत पूर्वाधार र सुविधा नदेखिएको भन्दै सफा शौचालय, साबुन, पर्याप्त गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्ने बताए । साथै उनले बजारमा गुणस्तर नभएका स्यानिटाइजर पनि देखिएकाले यसबारेमा अनुगमन गर्नुपर्ने सुझाव दिए ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजरले हात धोएर निस्क्रिय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए ।

उनले आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ६ : ४२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति