अफगानस्तानका विकेट किपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध | Khabarhub Khabarhub

अफगानस्तानका विकेट किपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-कोरोना भाइरसको महामारीकै बीच अफगानिस्तान क्रिकेट टीमका विकेट किपर ब्याट्सम्यान शफिउल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध लगाइएको छ ।

एन्टी करप्सन रुल्सको उल्लघन गरेको भन्दै उनलाई अफगानिस्तान क्रिकेट बोर्डले ६ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

शफिकले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिगमा ननगरहर लियोपार्डबाट र सन् २०१९ मा बंगलादेह प्रिमियर लिगमा सिलेट थन्डरबाट खेल्दा एन्टी करप्सन रुल्स उल्लघन गरेको प्रमाणित भएपछि ६ वर्षसम्म सबै फर्म्याटका क्रिकेटमा प्रतिबन्ध लगाएको हो ।

घरेलु लिगमा राष्ट्रिय टोलीका खेलाडीले गरेको गल्ती क्षम्य नभएको बोर्डको निस्कर्ष छ ।

३० वर्षिय शफिक २४ एकदिवसिय क्रिकेट खेल र ४९ टि–२० खेलेका थिए । बोर्डका एन्टी करप्सन म्यानेजरले शफिकको कारबाही अन्य खेलाडीका लागि सजग हुने अवसरका रुपमा औल्याएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ११ बजे

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव