काठमाडौं- सरकारले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह गठन भएको जानकारी दिएका हुन् ।
उनका अनुसार नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको हो ।
प्रतिक्रिया