कोरोना रोकथाममा सरकार असफल भएको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन (फोटो फिचर) « Khabarhub

कोरोना रोकथाममा सरकार असफल भएको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन (फोटो फिचर)


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्जमा स्थानीय युवाहरुले सरकारको विरोध गर्दै बिहीबार प्रदर्शन गरेका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन वीरगञ्जका युवाहरु सडकमा उत्रेका हुन् ।

वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो ।

युवाहरुलाई घण्टाघर जम्मा हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरु महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरुले सडकमै बसेर नाराबाजी गरेका थिए ।

उनीहरुले कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्बको हिसाब दिनुपर्ने लगायतमा माग राखेका थिए ।

उनीहरुले लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएको बताएका छन् ।

वीरगञ्जका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित