बेग्लाबेग्लै दुर्घटनामा ८ जनाको मृत्यु | Khabarhub Khabarhub

बेग्लाबेग्लै दुर्घटनामा ८ जनाको मृत्यु


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । काठमाडौं, कैलाली, तनहुँ, नवलपरासी(पूर्व), मकवानपुर, सर्लाही र महोत्तरीका छुट्टाछुट्टै स्थानामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका २६ कपुरधारास्थित सडकमा बा.९५ प ६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विजुलीको पोलमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका २२ न्यूरोड घर भई हाल नागार्जुन नगरपालिका ७ रामकोट बस्ने ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको बर्दगोरीया गाउँपालिका १ बैनिया बजारस्थित सडकमा ना.७ ख ९३० नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको बुधबार दिउँसो मृत्यु भएको छ।

तनहुँको बन्दिपुर गाउँपालिका ६ साराङघाट बुद्धसिहस्थित सडकमा ‘अन टेष्ट’ लेखिएको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरले च्यापिएर बन्दिपुर गाउँपालिका ६ घमलछाप बस्ने २२ वर्षीय पञ्चराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका ४ बर्दघाटेस्थित सडकमा लु.१ त ६८८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सरावल गाउँपालिका ७ भुजहवा बस्ने २८ वर्षीय दिनेश यादवको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित सडकमा ना.८ ख ७५५८ नम्बरको टिपरले प्रदेश ३(०२(०१२ प १३३८ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा स्कुटर चालक केशर दोर्जे थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ गुरौबिर्ता बस्ने ४६ वर्षीय बीरबहादुर थिङको ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीले जनायो ।

सर्लाहीको कबिलासी नगरपालिका ५ रनियास्थित सडकमा बिआर ०६ एस ०९९८ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीया जानकी देवी रामको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।

महोत्तरीको बलवा नगरपालिका ११ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले लु.५७ प ४६०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भंगाहा नगरपालिका १ कबिलाशा बस्ने ४० वर्षीय श्रीनारायण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : ५८ बजे

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपरासी– यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड रुपैयाँ बराबरको

लगातार चार खेलमा पराजित नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं – घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा

शुक्लाफाँटामा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट

तुलसी घिमिरेको चलचित्र ‘पहाड’ को छायाङ्कन सुरु

काठमाडौं– निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायाङ्कन सुरु गरेका