बेग्लाबेग्लै दुर्घटनामा ८ जनाको मृत्यु « Khabarhub

बेग्लाबेग्लै दुर्घटनामा ८ जनाको मृत्यु


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । काठमाडौं, कैलाली, तनहुँ, नवलपरासी(पूर्व), मकवानपुर, सर्लाही र महोत्तरीका छुट्टाछुट्टै स्थानामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका २६ कपुरधारास्थित सडकमा बा.९५ प ६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विजुलीको पोलमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका २२ न्यूरोड घर भई हाल नागार्जुन नगरपालिका ७ रामकोट बस्ने ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको बर्दगोरीया गाउँपालिका १ बैनिया बजारस्थित सडकमा ना.७ ख ९३० नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको बुधबार दिउँसो मृत्यु भएको छ।

तनहुँको बन्दिपुर गाउँपालिका ६ साराङघाट बुद्धसिहस्थित सडकमा ‘अन टेष्ट’ लेखिएको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरले च्यापिएर बन्दिपुर गाउँपालिका ६ घमलछाप बस्ने २२ वर्षीय पञ्चराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका ४ बर्दघाटेस्थित सडकमा लु.१ त ६८८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सरावल गाउँपालिका ७ भुजहवा बस्ने २८ वर्षीय दिनेश यादवको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित सडकमा ना.८ ख ७५५८ नम्बरको टिपरले प्रदेश ३(०२(०१२ प १३३८ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा स्कुटर चालक केशर दोर्जे थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ गुरौबिर्ता बस्ने ४६ वर्षीय बीरबहादुर थिङको ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीले जनायो ।

सर्लाहीको कबिलासी नगरपालिका ५ रनियास्थित सडकमा बिआर ०६ एस ०९९८ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीया जानकी देवी रामको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।

महोत्तरीको बलवा नगरपालिका ११ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले लु.५७ प ४६०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भंगाहा नगरपालिका १ कबिलाशा बस्ने ४० वर्षीय श्रीनारायण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : ५८ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले