मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची–उपचारको क्रममा हिजो दिउसो मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिइन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी छ ।

जेठ २३ गते लगेको स्वाब नै हराएपछि २ दिन देखी शव व्यवस्थापना कठिनाई भएको छ । परिक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको थियो ।

जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको स्वाव हराएपछि आज विहान पुन स्वाव पठाईएको थियो ।

उहाँलाई मगलवार सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्विनी प्रादेसिक अस्पताल बुटबल रिफर गरिएको थियो। उपचार गरि घर फर्कदै गर्दा उहाँको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।

स्वाब परिक्षणको रिपोर्टका आधारमा शवको व्यवस्थापन गर्ने भनेर पठाएको स्वाबको रिपोर्ट चाडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक ब्यक्तिको नामको स्वाब हराएको खुलेको हो ।

स्वाबको रिजल्ट आएकाले शवको व्यवस्थापन नियवली अनुसार गर्ने काम भईरहेको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताए ।गणेश खनालबाट

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ३२ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी