भारतमा तीन दिनदेखि दैनिक २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

भारतमा तीन दिनदेखि दैनिक २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा तीन दिन यता लगातार २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन २७ हजार ७२८ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५७० पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

तीन दिनमा मात्रै भारतमा ७८ हजारभन्दा बढी संक्रमित भएका छन् । बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान २५ हजार ८०३ जना संक्रमित भएका थिए । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार १४४ पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : ३४ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार