चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने प्रोफेसर ग्रुन हिरासतमा « Khabarhub

चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने प्रोफेसर ग्रुन हिरासतमा


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका राष्ट्रपति सी चिनफिङको आलोचना गर्ने प्रोफेसर शू झान ग्रुनलाई हिरासतमा राखिएको छ ।

उनले कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेका थिए । प्रोफेसर ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएको उल्लेख गरिएको छ ।

ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए ।

यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेको भन्दै उनलाई घरमै नजरबन्द गरिएको थियो ।

अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा पूरै तयार थिए । उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’

प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १ : ४२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह