कैलालीमा मास्क नलगाउने ४ हजार बढीलाई कारबाही « Khabarhub

कैलालीमा मास्क नलगाउने ४ हजार बढीलाई कारबाही


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन दिनको अवधिमा मास्क नलगाउने ४ हजार बढीलाई कारबाही गरिएको छ ।

कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७ र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

‘मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर सम्झाई-बुझाई गर्ने गरेका छौं,’ उनले भने।

पक्राउ पर्नेहरुलाई मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्ने गरिएको विष्टले बताए।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै देशभर मास्क नलगाई सडकमा आउनेलाई कडा निगरानी थालिएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : २६ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली