गोंगबु हत्या प्रकरण : चितवनमा पक्राउ परेकी महिलालाई काठमाडौँ ल्याइयो « Khabarhub

गोंगबु हत्या प्रकरण : चितवनमा पक्राउ परेकी महिलालाई काठमाडौँ ल्याइयो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोंगबुमा हत्यामा संलग्न भएको आरोपमा चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ परेकी महिलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।

हत्या आरोपित महिला कल्पना शाहीलाई गएराति ३ बजेतिर काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ।

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो ।

सुटकेशभन्दा करिब ३ सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।

मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले मृतकको पहिचान हुन नसकेपछि तस्वीर सार्वजनिक गर्दा उनी दाङकका कृष्णबहादुर बोहरा भएको खुलेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : २० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको