टिभिएस अपाचे आरटिआर २०० फोर भि चाँडै नेपाली बजारमा « Khabarhub

टिभिएस अपाचे आरटिआर २०० फोर भि चाँडै नेपाली बजारमा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भि नेपाली बजारमा सार्वजनिक गर्दैछ।

जगदम्बा मोटर्सले नयाँ उत्पादनलाई स्मार्ट मोटरबाइकका रुपमा लञ्च गर्न लागेको हो।

यस बाइकमा स्मार्ट कनेक्ट सिस्टमबाटै इन्धनको मात्रा, बाइकको गति, गन्तब्य आदिबारे जानकारी पाइने भएकोले कम्पनीले यसलाई स्मार्ट मोटरबाइक भनिएको जनाएको छ।

यो बाइकमा नवीनतम प्रविधिका रूपमा रेयर ह्विल लिफ्ट प्रोटेक्सन कन्ट्रोल सिस्टम छ। यस्तै यसको क्लच पनि एडभान्स सिस्टमको रहेको बताइएको छ। यस बाइकमा पावर राइडिङकालागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको कम्पनीले जनाएको छ।

यसको इन्जिनले १५.१ पीएस पावर ८५०० आरपिएममा र १६.८ एनएम टर्क ७५०० आरपिएममा उत्पादन गर्छ।

अपाचे आरटिआर २०० फोर भिले ३.९ सेकेन्डमै ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने बताइएको छ। यस बाइकको अधिकतम रफ्तार १२७ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। अपाचे २०० फोर भि कालो र सेतो दुई रंगमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले आरटिआर १६० फोर भिको सिंगल डिस्क भेरियन्ट डिजिटल प्ल्याटफर्ममार्फत सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ३७ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त