टिभिएस अपाचे आरटिआर २०० फोर भि चाँडै नेपाली बजारमा « Khabarhub

टिभिएस अपाचे आरटिआर २०० फोर भि चाँडै नेपाली बजारमा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भि नेपाली बजारमा सार्वजनिक गर्दैछ।

जगदम्बा मोटर्सले नयाँ उत्पादनलाई स्मार्ट मोटरबाइकका रुपमा लञ्च गर्न लागेको हो।

यस बाइकमा स्मार्ट कनेक्ट सिस्टमबाटै इन्धनको मात्रा, बाइकको गति, गन्तब्य आदिबारे जानकारी पाइने भएकोले कम्पनीले यसलाई स्मार्ट मोटरबाइक भनिएको जनाएको छ।

यो बाइकमा नवीनतम प्रविधिका रूपमा रेयर ह्विल लिफ्ट प्रोटेक्सन कन्ट्रोल सिस्टम छ। यस्तै यसको क्लच पनि एडभान्स सिस्टमको रहेको बताइएको छ। यस बाइकमा पावर राइडिङकालागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको कम्पनीले जनाएको छ।

यसको इन्जिनले १५.१ पीएस पावर ८५०० आरपिएममा र १६.८ एनएम टर्क ७५०० आरपिएममा उत्पादन गर्छ।

अपाचे आरटिआर २०० फोर भिले ३.९ सेकेन्डमै ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने बताइएको छ। यस बाइकको अधिकतम रफ्तार १२७ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। अपाचे २०० फोर भि कालो र सेतो दुई रंगमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले आरटिआर १६० फोर भिको सिंगल डिस्क भेरियन्ट डिजिटल प्ल्याटफर्ममार्फत सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ३७ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक