म्यानमारकी नेतृ सुकीलाई युरोपेली संसदले दिएको ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो « Khabarhub

म्यानमारकी नेतृ सुकीलाई युरोपेली संसदले दिएको ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै  बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ ।

उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभन्दा करिब एक बर्ष पहिले सन् १९९० मा यूरोपेली संसद सभाले उसको उच्च मानव अधिकारवादी पुरस्कारबाट सम्मानित गरेको थियो । उनी अब पुरस्कार विजेताहरूका लागि हुने कार्यक्रममा सहभागी हुने छैनन् ।

संसद् निकटस्थ स्रोतका अनुसार पुरस्कार सुकीको योगदानका लागि दिइएकाले फिर्ता लिन सकिन्न । तर, उनलाई पुरस्कार दिइएको भन्ने सूचीबाटै हटाउन सकिने प्रावधान भने प्रयोग गर्न सकिने भएकाले यूरोपेली संसद्ले सबैभन्दा कडा प्रतिबन्ध कायम गरेको हो ।

संसद्का समूह नेताहरूको एक विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय म्यानमारमा रोहिंज्या समुदायकोविरूद्ध चलिरहेको अपराध रोक्न उनको असफलता वा स्वीकृतिको प्रतिक्रिया हो ।’

बहुमत बौद्ध धर्मावलम्बीको बहुमत रहेको म्यानमारमा मुस्लिम रोहिंज्या अल्पसंख्यकलाई लामो समयदेखि भेदभाव गरिएको  आरोप लाग्ने गरेको छ ।

करीव सात लाख ४० हजार रोहिंज्याहरू सैन्य आक्रमणबाट बच्न बङ्गलादेशमा शरण लिएका छन् । त्यस्तै एशियाका भारत, नेपाल, पाकिस्तान, इन्डोनेसिया, मलेसियालगायतका मुलुकमा पनि हजारौँको सङ्ख्यामा उनीहरू शरणार्थीका रूपमा बस्दै आएका छन् ।

सैन्य शासनको अन्त्य गर्न लडेकी र अहिले ‘राज्य सल्लाहकार’ को रूपमा देशको सबैभन्दा शक्तिशाली पदमा रहेकी पूर्व राजनीतिक कैदी सुकीलाई कुनै समय स्वतन्त्रताको अग्रणी व्यक्तित्वका रूपमा विश्वले मानेको थियो । तर, उनीमाथि रोहिंज्याकोविरुद्ध भएका दुर्व्यवहारका घटनामा वेवास्ता गरेको आरोप लाग्न थालेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : ५९ बजे

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो