डाइलाइसिस गराउने बिरामीको निःशुल्क कोरोना बीमा गर्दै गौतम बुद्ध मुटु अस्पताल « Khabarhub

डाइलाइसिस गराउने बिरामीको निःशुल्क कोरोना बीमा गर्दै गौतम बुद्ध मुटु अस्पताल


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले त्यहाँ नियमित डाइलाइसिस गराइरहेका मिर्गौलाका बिरामीहरूको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरू संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरूलाई केही आर्थिक राहत पुर्‍याउने उद्देश्यले बीमा गरिदिने निर्णय भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्करूपमा एक लाख रुपैयाँको कोभिड-१९ बीमा गर्ने निर्णय गरेको जानकारी दिए । कोभिड-१९ बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका बिरामीहरूको मनोबल बढाउन सघाउ पुग्ने विश्वास लिइएको आलमको भनाइ छ ।

उनले भने, ‘विरामीहरूको कोरोना बीमा गरिदिँदा अस्पताललाई सामान्य आर्थिक भार थपिए पनि संक्रमण भइहाल्यो भने बिरामीहरूको लागि भने त्यसले ठूलो राहत मिल्ने छ ।’ सरकारले मिर्गौलाका बिरामीहरूको डाइलाइसिस निःशुल्क गरे पनि उनीहरूले अन्य औषधि र ल्याब परीक्षणमा शुल्क तिर्नुपर्छ ।

गौतम बुद्ध मुटु अस्पतालले भने आफ्ना सबै बिरामीहरूको रुटिन र भाइरल परीक्षण समेत निःशुल्क गर्दै आएको छ । अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीहरूको औषधि तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै, कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन नचल्न डाइलाइसिसको लागि अस्पताल आउने बिरामीहरूलाई नियमित अस्पताल ल्याउने र पुर्‍याउने व्यवस्था पनि अस्पतालले गरेको छ ।

उक्त अस्पतालले डाइलाइसिस गर्ने बिरामीहरू ल्याउन र लैजान छोड्नको वाणगङ्गा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित बस पठाउने गरेको छ ।

अस्पतालमा हाल ४२६ जनाले नियमित डाइलाइसिस गराउन गरेका छन् । काठमाडाँबाहिर सबैभन्दा ठूलो डाइलाइसिस युनिट सञ्चालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना बिरामीले नियमित डाइलाइसिस गराउँदै आएका छन् ।

अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०-१० वटा मेशिनबाट डाइलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै, स्याङ्जाको वालिङमा पनि डाइलाइसिस सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ०७ बजे

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको

ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा पकाए खाना

काठमाडौं– सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको