कसरी शुरु भयो ‘गोत्र’ परम्परा ? « Khabarhub

कसरी शुरु भयो ‘गोत्र’ परम्परा ?


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मका अनुसार गोत्रलाई महत्त्वपूर्ण मानिन्छ । ‘गो’को अर्थ इन्द्रिय, र ‘त्र’ को अर्थ ‘रक्षा गर्नु’ भन्ने हुन्छ । गोत्रको अर्थ व्यापक हुन्छ । तर, सामान्य रुपमा भन्दा गोत्रको अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ भन्ने हुन्छ ।

ऋषि परम्परासँग सम्बन्धित मानिने ‘गोत्र’ लाई ब्राह्मणका लागि महत्वपूर्ण हुन्छ । सनातन धर्मअनुसार ब्राह्मणहरू ऋषिका सन्तान मानिन्छन् ।

प्राचीन कालका आधारमा चार ऋषिका नामबाट गोत्र पराम्परा सुरु भएको मानिन्छ । ती चार ऋषि हुन् – अंगिरा, कश्यप, वशिष्ठ र भगु ।

धर्मका अनुसार जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि पनि पछि जोडिएका छन् । यस अर्थमा ‘गोत्र’ व्यक्तिको पहिचानसँग पनि जोडिएको हुन्छ ।

गोत्रको मुख्य भाव एकत्रीकरण हो । तर, पछिल्लो समय भने मान्छेले गोत्रमा विश्वास नगर्न थालेका छन् । कालान्तरमा वर्ण व्यवस्था विस्तारै जाति व्यवस्था हुँदै अहिलेको अवस्थामा आएको पाइन्छ । त्यसैले पनि ब्राह्मणको बाहेक अरुको गोत्र कर्म क्षेत्र या उद्गम स्थलसँग सम्बन्धित भएको पाइन्छ ।

त्यसो त आजभोलि गोत्रलाई खासै धेरैले चासो दिएको पाइँदैन । यदि कसैलाई गोत्र थाहा छैन भने उसलाई कश्यप गोत्रको भन्ने गरिन्छ । त्यो किनभने, कश्यप ऋषिले एकभन्दा धेरै बिह गरेका थिए । र, उनका अनेक पुत्र थिए ।

यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्र थाहा हुँदैन भने उसलाई ‘कश्यप’ ऋषिकूलको मान्ने गरिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ३ : १५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न