आइपीएलमा पञ्जाबको चौथो जित « Khabarhub

आइपीएलमा पञ्जाबको चौथो जित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ ।

आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाए । यस्तै निकोलस पुरनले १६ तथा ग्लेन म्याक्सवेल १० रन बनाए ।

कोलकाताविरुद्ध पन्जाब जित नजिक पुगेर पनि पराजित भयो । अन्तिम २ ओभरमा २० रन आश्यकता पर्दा मात्र २  विकेट गुमाएको  पन्जाबले १८औं ओभरमा कप्तान राहुलसहित २ विकेट गुमाउँदा ६ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक परेकोमा थप एक विकेट गुमाएर मात्र ११ रन बनाउन सक्यो ।

कोलकाताका प्रशिद्द कृष्णले ३ विकेट लिए । सुनिल नारिनको नाममा दुई विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । कप्तान कार्तिकले ५८ रन जोड्दा गिलले ५७ रन बनाए ।

जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाब भने ७ खेलमा २ अंक जोडर  पुछारमा छ ।

 

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ५१ बजे

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले