कोरोना संक्रमित ट्रम्पले गरे र्‍यालीलाई सम्बोधन « Khabarhub

कोरोना संक्रमित ट्रम्पले गरे र्‍यालीलाई सम्बोधन


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक र्‍यालीमा देखिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित ट्रम्प ह्वाइट हाउसमा उपचारकै क्रममा  रहे पनि उनले एउटा र्‍यालीलाई सम्बोधन गरेका छन् ।

तस्वीर : रोयटर्स

ह्वाइट हाउसमा भएको र्‍यालीलाई ‘शान्तिपूर्ण प्रदर्शन’ भनिए पनि त्यो ट्रम्पको चुनावी र्‍याली जस्तो भएको आलोचकहरूले बताएका छन्।

ट्रम्पले सम्बोधनको क्रममा आफूले कोभिड–१९ विरुद्धका औषधि लिन छोडेको र स्वास्थ्य राम्रो भएको बताए ।

तर ह्वाइट हाउस र उनको उपचारमा संलग्न चिकित्सकहरूले भने बिहीबार यता ट्रम्पको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिएको छैन ।

तीन दिनको अस्पताल बसाईपछि उनी ह्वाइट हाउसमै डाक्टरको निगरानीमा रहेका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ । उक्त चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ५५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी