आईपीएल टी–ट्वान्टी क्रिकेटमा शीर्ष दुई टीम दिल्ली र मुम्बई खेल्दै « Khabarhub

आईपीएल टी–ट्वान्टी क्रिकेटमा शीर्ष दुई टीम दिल्ली र मुम्बई खेल्दै


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शीर्ष दुई टीम प्रतिस्पर्धा गर्दैछन् ।

यूएईस्थित शेख जायद रंगशालामा राति पौने ८ बजे हुने खेलमा आईपीएलको सफल टोली मुम्बई इन्डियन्स र यो सिजन राम्रो लयमा रहेको शीर्ष स्थानको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

६ खेल सकिँदा दिल्लीले ५ खेलमा जित हात पारेको छ भने मुम्बईले ४ खेल जितेको छ ।

युवा खेलाडी श्रेयस ऐयरले नेतृत्व गरेको दिल्ली यस सिजनमा सुरुदेखि नै उत्कृष्ट लयमा देखिएको छ । दिल्लीको अग्रपङ्ती र मध्यक्रमको ब्याटिङमा राम्रो साझेदारी देखिन्छ ।

शिखर धवन, ऋषव पन्त, श्रेयष ऐयर, पृथ्वी शा पछि आउने मार्कुस स्टोनिससम्मले दिल्लीको ब्याटिङ धानिरहेका छन् । बलिङतर्फ अक्षेर पटेल रविन्द्र अस्विन, कागिसो रबडा राम्रो लयमा छन् ।

नेपालका लेगस्पिनर सन्दीप लामिछाने दिल्लीको टीममा भए पनि उनले अहिलेसम्मका खेल्ने मौका पाएका छैनन् । दिल्लीले बलिङ अलराउण्डरलाई बढी जोड दिइरहँदा उनले खेल्ने सम्भावना कमजोर देखिन्छ । त्यसोत, भारतीय स्पिनरले दुवईमा राम्रो गरिरहँदा पनि सन्दीपको सम्भावना कम छ ।

यता, भारतीय सफल ब्याट्सम्यान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई पनि अहिलेसम्म सन्तुलित रुपमा अघि बढिरहेको छ । रोहितको नेतृत्वमा मुम्बईले चार संस्करणको आईपीएल उपाधि हात पारिसकेको छ । साविक विजेता मुम्बई दिल्लीविरुद्धको खेल आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ ।

रोहित, क्विन्टन डि कक, हार्दीक पाण्ड्या, किरोन पोलार्डले मुम्बईको ब्याटिङ सम्हालिरहेका छन् भने जस्प्रीत बुम्राह, टेन्ट बोल्ट,  राहुल चहार लगायतका बलहरुले बलिङ सम्हालिरहेका छन् ।

यस्तै, आजै पौने ३ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरवाद र राजस्थान रोयल्स भिड्दैछन् ।

हैदरावाद तालिकाको पाँचौ स्थानमा छ भने राजस्थान अन्तिमबाट दोस्रो स्थानमा छ । समान ६ खेल खेलेको हैदरावादको ६ अंक छ भने राजस्थानको ४ अंक छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ११ : २६ बजे

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले