यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित प्रमुख पाँच देश « Khabarhub

यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित प्रमुख पाँच देश


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएको १० महिनामा पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बरू दोस्रो लहरको संक्रमण देखिएपछि कयौँ मुलुकहरूमा विभिन्न प्रतिबन्धहरू सुरू भएका छन् ।

अहिलेसम्म विश्वका २१४ मुलुकहरू कोरोनाबाट प्रभावित भएका छन् । यद्यपि केही मुलुकहरू भने यसबाट अत्यन्तै प्रभावित भएका छन् । जसमा अमेरिका, भारत, ब्राजिल, रसिया, कोलम्बिया, स्पेन लगायतका छन् ।

अमेरिका

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख नाघेको छ ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पसमेत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

भारत

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख सङ्क्रमित भएका छन् ।भारतमा एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ ।

ब्राजिल

कोरोना सङ्क्रमणले सबैभन्दा प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार पुगेको छ । सङ्क्रमणबाट एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।

रसिया

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बिया

कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबार यो समाचार तयार पार्दासम्म १० लाख ७७ हजार ५९४ पुगेको छ ।

सङक्रमित संख्या विश्वभर तीन करोड ७४ लाख ७५ हजार ८३९ पुगेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि फेरि प्रतिबन्धहरु घोषणा गर्न थालिएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : १५ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा