यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित प्रमुख पाँच देश | Khabarhub Khabarhub

यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित प्रमुख पाँच देश


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएको १० महिनामा पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बरू दोस्रो लहरको संक्रमण देखिएपछि कयौँ मुलुकहरूमा विभिन्न प्रतिबन्धहरू सुरू भएका छन् ।

अहिलेसम्म विश्वका २१४ मुलुकहरू कोरोनाबाट प्रभावित भएका छन् । यद्यपि केही मुलुकहरू भने यसबाट अत्यन्तै प्रभावित भएका छन् । जसमा अमेरिका, भारत, ब्राजिल, रसिया, कोलम्बिया, स्पेन लगायतका छन् ।

अमेरिका

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख नाघेको छ ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पसमेत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

भारत

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख सङ्क्रमित भएका छन् ।भारतमा एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ ।

ब्राजिल

कोरोना सङ्क्रमणले सबैभन्दा प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार पुगेको छ । सङ्क्रमणबाट एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।

रसिया

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बिया

कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबार यो समाचार तयार पार्दासम्म १० लाख ७७ हजार ५९४ पुगेको छ ।

सङक्रमित संख्या विश्वभर तीन करोड ७४ लाख ७५ हजार ८३९ पुगेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि फेरि प्रतिबन्धहरु घोषणा गर्न थालिएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : १५ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका