चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक « Khabarhub

चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले निर्माण गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै ब्राजिलमा भइरहेको परीक्षण रोकिएको छ ।

चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोपको अन्तिम चरणको परीक्षण रोकिएको हो ।

साइनोभ्याकले भने खोपको सुरक्षा सम्बन्धी सबै मापदण्ड पूरा गरेकाले समस्या नहुने दाबी गरेका छन् ।

इन्डोनेशिया र टर्कीमा पनि भइरहेको यो खोपको असरबारे त्यहाँ अहिलेसम्म जानकारी दिइएको छैन  । इन्डोनेशियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको जानकारी दिएको थियो ।

२९ अक्टोबरबाटै परीक्षण रोकिएको भए पनि यो विषय भर्खरै सार्वजनिक भएको बीबीसीले जनाएको छ । ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार खोप लगाएका व्यक्तिको मृत्यु भएपछि परीक्षण रोकिएको हो ।

विदेशमा मात्र नभएर साइनोभ्याकको खोप, चीनमा पनि अन्तिम परीक्षणको चरणमा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : १५ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट