हुम्लाको खार्पुनाथमा पठनपाठन शुरु | Khabarhub Khabarhub

हुम्लाको खार्पुनाथमा पठनपाठन शुरु


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ ।

वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पालिकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो ।

कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि  सञ्चालनमा आएका हुन् ।

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्य सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

जिल्लाका अन्य छ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन शुरु गरिएको हो ।

एघार महिनादेखि विद्यालय जान नपाएका विद्यार्थी खुसी भए पनि नपढेर नै वार्षिक परीक्षा हुने भएपछि चिन्तित भएका छन् ।

जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन् ।

चिसोका कारण मीनपचासका लागि बिदा हुने भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर तीन महिना विद्यालय बन्द गरी फागुनमा नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ४३ बजे

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना