रोजगारीका लागि अवैध रूपमा भारत पसेका चार नेपाली पक्राउ « Khabarhub

रोजगारीका लागि अवैध रूपमा भारत पसेका चार नेपाली पक्राउ


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – अवैध रुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरा रहेका भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।

सीमानाका बन्द भएका बेला ट्युबबाट भारत गइरहेका चार जनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको र उनीहरु चारैलाई आज अदालतमा पेश गरिने जनाइएको छ ।

सीमानाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युबमार्फत जाने गरेका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरका बीच भारत गईरहेका छन् ।

झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमा मार्फत तरेर भारत जाने गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : ५८ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार