कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च, कहाँ कति ? « Khabarhub

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च, कहाँ कति ?


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम खर्च भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए ।

जसमा हाइ डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड समेत समावेश गरिएको जानकारी दिए ।

त्यसैगरी उनले प्रयोगशाला तथा परीक्षण व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख निकासा गरिएको बताए ।

संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ, जोखिम भत्ता बापत १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको  जानकारी दिँदै उनले आइसीयु, भेन्टिलेटर र अस्पताल सूदृढीकरणमा १ अर्ब २९ करोड ९० लाख रकम निकासा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ५९ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू