तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने  « Khabarhub

तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने 


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् ।

नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंकका सबै शाखा बन्द हुने जानकारी दिएको हो ।

बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने हुँदा सोही माध्यमबाट कारोबार गर्न संघले सुझाएको छ ।

सो अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।

कोरोना भाइरस संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले भनेको छ ।

गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : १५ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री