तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने  « Khabarhub

तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने 


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् ।

नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंकका सबै शाखा बन्द हुने जानकारी दिएको हो ।

बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने हुँदा सोही माध्यमबाट कारोबार गर्न संघले सुझाएको छ ।

सो अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।

कोरोना भाइरस संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले भनेको छ ।

गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : १५ बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार