अमेरिकामा बाइडेनको उदयसँगै चिनियाँ नरसंहार रोकिने अपेक्षा « Khabarhub

अमेरिकामा बाइडेनको उदयसँगै चिनियाँ नरसंहार रोकिने अपेक्षा


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- संयुक्त राज्य अमेरिकामा आगामी चार वर्षका लागि डेमोक्रेटिक उमेदवार जो बाइडेनको जित सुनिश्‍चित भएपछि उइगरविरुद्धको नरसंहार रोक्‍ने अभियानमा लागेहरु सकारात्मक भएको छन् ।

चीनले सिन्जियाङमा रहेका अल्पसंख्यक उइगरहरुमाथि दमन गरिरहेको छ भने लाखौंलाई गैरकानुनी हिरासतमा राखिरहेको छ।

अमेरिकाजस्तो प्रजातान्त्रिक समाजमा बसेका अधिकारकर्मीहरुले उइगर समुदायको अधिकार प्राप्तिका लागि पहल गर्ने उमेदवारको जित सुनसश्‍चित भएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् ।

“उइगर, कजाक र अन्य दमनमा परेकाहरुको मानवअधिकार र स्वतन्त्र प्रजातान्त्रिक अभ्यासका लागि वकालत गरिरहेका हामी अहिले सकारात्मक भएका छौं । अमेरिकाले उनीहरुको मानवअधिकार संरक्षणका लागि पहल गर्ने भन्‍ने हाम्रो विश्वास छ,” उइगरको अधिकारका लागि सुरु भएको अभियानले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

“जब मानवलाई प्रजातान्त्रिक अधिकारहरुबाट वञ्‍चित गरिन्छ भने त्यहाँ भयानक उद्देश्यका लागि सुरु गरिएको भन्‍ने बुझ्नुपर्छ । चीनमा उइगरहरुको नरसंहारका लागि चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टी लागिरहेको छ,” उक्त अभियानले भनेको छ ।

उइगरहरुलाई मानव अधिकारको आधारभूत अधिकारबाट वञ्‍चित गरिएको छ किनकि उनीहरूको भूमि अधिनायकवादी शासनले ओगटेको छ र अहिले सक्रिय नरसंहारको सामना गरिरहेको छन् र विश्‍व प्रशिद्ध ब्रान्डहरुको उत्पादनमा दासभन्दा निम्‍नस्तरमा जबरजस्ती काममा लगाइएको छ ।

“संयुक्त राज्यमा जोसुकै निर्वाचित भए पनि हामी आगामी वर्षमा यस्ता अत्याचार रोक्न अमेरिकाले आफ्नो प्राथमिकत प्रतिबद्धता जनाउने हाम्रो विश्वसा छ ।

“संसारमा जहाँ प्रणाली सही हुँदैन, मानव व्यक्तिको रूपमा हामीले बोल्ने क्षमताहरु कुण्ठित गरिन्छन् भने त्यसको पक्षमा बोल्‍नेहरुलाई सजाय दिइन्छ । अहिले अमेरिकामा चुनावको मौसमहरु चलिरहेको र अबको अमेरिकी नेतृत्वले उइगरहरुको पक्षमा काम गर्नेछ,”यो समूहले भन्यो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु