धुलोबाट इँटा बनाउँदै कामपा « Khabarhub

धुलोबाट इँटा बनाउँदै कामपा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ ।

कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ ।

यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ । हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ । कामपाले हरेक दिन सात बु्रमरले सडक सफा गर्ने काम गरिरहेको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

विसं २०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त बु्रमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ । सोही मार्गअनुरुप काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ ।

सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा छ । उक्त यन्त्रले पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ ।

दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीच र पछाडि भागका दायाँबायाँ प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा पर्छन् भने अरु सडक विभागको मातहतमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : ५४ बजे

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार