झापामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

झापामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भ्यान दुर्घटनामा घाइते भएका दमक–९ का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा घाइते उनलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँनासाथ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित जानकारी दिए ।

मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे १ च ६४९७ नम्बरको पिकअप भ्यानको चक्का फुस्केर दुर्घटना भएको थियो ।

दुर्घटनामा दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते भएका छन् । घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : २३ बजे

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने