झापामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

झापामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भ्यान दुर्घटनामा घाइते भएका दमक–९ का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा घाइते उनलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँनासाथ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित जानकारी दिए ।

मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे १ च ६४९७ नम्बरको पिकअप भ्यानको चक्का फुस्केर दुर्घटना भएको थियो ।

दुर्घटनामा दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते भएका छन् । घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : २३ बजे

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले