शीतलहरबाट बच्न तराईमा विशेष सतर्कता अपनाइँदै | Khabarhub Khabarhub

शीतलहरबाट बच्न तराईमा विशेष सतर्कता अपनाइँदै


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यस वर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ।

चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ। विपद्बाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमअन्तर्गत जाडो शुरु हुनुअघि नै स्थलगत अध्ययन र अन्तरक्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार शनिबार नै टोली त्यसतर्फ जानेछ।

‘प्रदेश २ मा पुगेर सरोकारवालाबीच अन्तरक्रिया गर्ने, अवस्था बुझ्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी समस्याको बारेमा जानकारी लिन्छौँ र सम्भावित जोखिमबाट क्षति कम गर्न उपाए खोज्छौँ, उनले भने, ‘यसले आगामी दिनमा योजना निर्माणका लागि ठूलो सहयोग हुने अपेक्षा छ।’ अवस्था बुझेपछि सो क्षेत्रमा थम सामग्री चाहिने अवस्था देखिए उपलब्ध गराइने छ।

मौसमविद् तथा वैज्ञानिकले यसवर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको छ। तर पनि तराई क्षेत्र भने सधैँ नै प्रभावित हुने ठाउँ हो। विशेष गरी प्रदेश नं २ यसबाट नराम्ररी प्रभावित हुने भएकाले सो क्षेत्रमा पुगेर अवस्था बुझने र आवश्यक पूर्व तयारीका काम गर्न लागिएको हो। जाडोबाट विशेष गरी तराई र हिमाली क्षेत्र बढी प्रभावित हुन्छ।

मौसमी विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढीसकेको जनाएको छ। प्राधिकरणका प्रवक्ता जनार्दन गौमत चिसोबाट कसरी मानवीय क्षति कम गर्न सकिन्छ भनेर विशेष योजनाका साथ काम थालिएको बताउँछन्। जिल्लामा पत्राचार गरेर आवश्यक तयारीमा जुट्न र क्षति कम गर्ने कार्ययोजनासहित पेश गर्न भनिएको छ।

उनका अनुसार आवश्यक सावधानी र कार्यक्रम लागू गर्दा गत वर्ष भने मानवीय क्षति रोक्न सफल भएको गृह मन्त्रालयको भनाइ छ। चिकित्सकले जाडो मौसममा बालबालिका र वृद्धवृद्धा बढी जोखिम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ०१ बजे

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर