शीतलहरबाट बच्न तराईमा विशेष सतर्कता अपनाइँदै « Khabarhub

शीतलहरबाट बच्न तराईमा विशेष सतर्कता अपनाइँदै


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यस वर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ।

चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ। विपद्बाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमअन्तर्गत जाडो शुरु हुनुअघि नै स्थलगत अध्ययन र अन्तरक्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार शनिबार नै टोली त्यसतर्फ जानेछ।

‘प्रदेश २ मा पुगेर सरोकारवालाबीच अन्तरक्रिया गर्ने, अवस्था बुझ्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी समस्याको बारेमा जानकारी लिन्छौँ र सम्भावित जोखिमबाट क्षति कम गर्न उपाए खोज्छौँ, उनले भने, ‘यसले आगामी दिनमा योजना निर्माणका लागि ठूलो सहयोग हुने अपेक्षा छ।’ अवस्था बुझेपछि सो क्षेत्रमा थम सामग्री चाहिने अवस्था देखिए उपलब्ध गराइने छ।

मौसमविद् तथा वैज्ञानिकले यसवर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको छ। तर पनि तराई क्षेत्र भने सधैँ नै प्रभावित हुने ठाउँ हो। विशेष गरी प्रदेश नं २ यसबाट नराम्ररी प्रभावित हुने भएकाले सो क्षेत्रमा पुगेर अवस्था बुझने र आवश्यक पूर्व तयारीका काम गर्न लागिएको हो। जाडोबाट विशेष गरी तराई र हिमाली क्षेत्र बढी प्रभावित हुन्छ।

मौसमी विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढीसकेको जनाएको छ। प्राधिकरणका प्रवक्ता जनार्दन गौमत चिसोबाट कसरी मानवीय क्षति कम गर्न सकिन्छ भनेर विशेष योजनाका साथ काम थालिएको बताउँछन्। जिल्लामा पत्राचार गरेर आवश्यक तयारीमा जुट्न र क्षति कम गर्ने कार्ययोजनासहित पेश गर्न भनिएको छ।

उनका अनुसार आवश्यक सावधानी र कार्यक्रम लागू गर्दा गत वर्ष भने मानवीय क्षति रोक्न सफल भएको गृह मन्त्रालयको भनाइ छ। चिकित्सकले जाडो मौसममा बालबालिका र वृद्धवृद्धा बढी जोखिम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ०१ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले