कांग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन « Khabarhub

कांग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको  निधन भएको छ ।

मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने सरल र शालिन व्यक्तित्व श्रेष्ठको निधनप्रति काँग्रेस केन्द्रीय कार्यालयले दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ । मङ्सिर २९ गतेका लागि पूर्वनिर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरु भने सूचारु रहने मुख्य सचिव पौडेलले जानकारी दिए ।

यसैगरी काँग्रेसको सङ्घीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक वक्तव्यमार्फत नेता श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका छन् । उनी विसं २०१८ मा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका थिए ।

श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको सभापति थिए ।  स्व श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए ।  विसं २०७२ मा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : १८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज