पृथ्वीनारायण शाह नेपालीको मन मस्तिष्कबाट हराउने छैनन् « Khabarhub

पृथ्वीनारायण शाह नेपालीको मन मस्तिष्कबाट हराउने छैनन्



पृथ्वीनारायण शाह नेपाल र नेपालीको मन मस्तिष्कमा अजर अमर छन् । उनले गरेको एकीकरणले आज नेपाल राष्ट्र रहेको छ ।

गोरखामा पृथ्वीनारायणको जन्म हुनु नेपालीहरुको भाग्य हो । उनले एकीकरण गरेर विभिन्न जात जाति, धर्म, भेसभूषामा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराए । एकीकरणअघि स–साना राज्य ठूलो संकटमा थिए ।

दक्षिणबाट अंग्रेज आक्रमणको तयारीमा थियो । त्यो बेला पृथ्वीनारायणले यो क्षेत्रका तमाम जाति तथा मुसलमानसमेतको सहयोगमा आधुनिक एकीकृत नेपाल सिर्जना गर्न सकेका थिए । यो क्षेत्रका साना राज्यका जनता सबै हिन्दू भएकाले र नेपाली भाषा सबैजसो ठाउँमा सम्पर्कमा आइसकेको हुँदा उनलाई एकीकरणमा धेरै सजिलो भएको थियो ।

राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि सिंहासनमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवित कुमारीको हातको टीका लगाएर तथा उनको पाउमा ढोग गरेरमात्र पृथ्वीनारायण राजसिंहासनमा बसेका थिए ।

यसबाट थाहा हुन्छ कि नेपाल अधिराज्यका सम्पूर्ण धर्म, जाति र यस क्षेत्रको परम्परालाई शिरोधर गर्नसक्ने क्षमता पनि उनका थियो । खासमा अहिले पृथ्वीनारायणको विरोध प्रतिशोधस्वरूप इसाईहरुबाट भइरहेको छ तर जसले जे भनोस्, राष्ट्र निर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीको मन मष्तिस्कमा अजर अमर छन्।

पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरणमा प्रेरणाको स्रोतका रूपमा आफ्नो दिव्य उपदेशमा एउटा सपनाको उल्लेख छ– ‘दुई हातमा दुई खड्ग लिएकी सात–आठ वर्षकी कन्या मछेउ आइन् । मैले उनलाई तिमी कसकी छोरी हौ भन्दा पुजारी रानाकी छोरी हुँ भनिन् अनि दुवै खड्ग मेरा हातमा दिइन् । खोकिलाबाट झिकेर मेरो मुखसम्म ल्याई यो निल भनिन्। तिम्रो मनकाङ्क्षा पुर्याइदिएको छ । मगर जातकी ती कन्याले नै राष्ट्रिय एकीकरणमा जग हाल्न उक्साएको कुराले नेपालको राष्ट्रिय एकीकरणको अभियानमा प्रारम्भमा मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मणलगायत कामी, दमाईं, सार्की आदि जातिहरूबाट सहयोग पुग्न गएको र सम्पूर्ण जातजातिहरूले आत्मसात् गरेका थिए।

२०६२ सालपछि भारतको दिल्लीमा पुगेर कांग्रेस, एमाले, माओवादीका केही नेताहरूले विस्तारवादको गोटी बनी अनेकतामा एकता भन्ने मूलनीतिको उपहास गरे, राष्ट्रनिर्माताका शालिक भत्काए, २०६३ सालपछि राष्ट्रिय एकता दिवसको रूपमा सरकारले दिई आएको पौष २७ गतेको सार्वजनिक बिदासमेत खारेज गरेर राष्ट्रिय एकीकरणको उपहास गरे । अहिले नेपालको राष्ट्रियता खतरनाक मोडमा पुगेको छ । नेपाललाई संकटग्रस्त बनाउन खोजिएको छ ! नेपालका राजाहरु नेपाली राष्ट्रियता बचाउने र अन्याय परेकाहरुको मात्र पक्षमा छन् ।

नेताहरुले राष्ट्रियताको धाक लगाएता पनि दुनियाँलाई ढाँटेर नेपालको अस्तित्व समाप्त गर्ने खेल खेलेका छन् । हामी नेपालहरुको दुर्भाग्य हो– हामी देशद्रोही अपराधी नेताहरुको हौवामा लाग्यौं ।

दिल्लीमा कांग्रेस, एमाले, माओवादीहरूले भारतीय विस्तारवादको गोटी बने ! अनेकतामा एकता भन्ने मूलनीतिको उपहास गरे ! भारतीय पक्षबाट नेहरुका पालादेखि सोनीया गान्धीका पालासम्म नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन खोजिएको इतिहास साक्षी छ ।

२०६३ सालदेखि नेपाली राष्ट्रियतालाई गिजोल्दा गिजोल्दा अमेरिका यूरोपका इसाई राष्ट्र र माओवादीको दबाबमा संविधानसभा भित्रका लार्के सांसदहरुलाई ह्वीप लगाएर जवरजस्त २०७२ साल असोज ३ गते राजसंस्था र हिन्दू अधिराज्य दुबैको अस्तित्व समाप्त गरेर धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरे ।

इसाईहरुले चाहेको जस्तै माओवादीभित्र गोर्खामा नैं जन्मिएका बाबुराम भट्टराई भेट्टाए । बाबुराम क्याथोलीक भएकाले उनीहरु मार्फत नैं कथित जनयुद्धकालमा यृथ्वीनारायण शाहको शालीक भत्काउने, राष्ट्रिय एकता ध्वस्त गराउनमा सरिक गराए । भारतीय कांग्रेस र उसको गुप्तचरको प्रायोजनामा भएको जनआन्दोलन बिसर्जन भएपछि तिनै माओवादीहरु सत्तामा आए ।

त्यसपछि २०६३ सालपछि गोरखामा नैं जन्मिएका बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको अपमान गर्न अनेको कुतर्क प्रस्तुत गर्दै– ‘पृथ्वीनारायण शाहले सामन्ती राज्य सुरु गरे । उनले धार्मिक आधारमा खस आर्यहरुलाई माथिल्लो जातको मान्ने र अरु जातहरुलाई तल्लो जातका मान्ने गर्थे । उनले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पीडनमा आधारित थियो’ भन्दै नचाहिंदा कुतर्क प्रस्तुत गरेर पृथ्वीनारायण शाहलाई सामन्तीका नाइके भनेर लेख लेखेर आफ्नो गद्दारी प्रमाणित गरेका थिए ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यो हिन्दूस्थलबाट इसाईहरुलाई धपाएकाले नवइसाइहरुले जनयुद्धकालमा पृथ्वीनारायण शाहका शालिक भत्काउने, संस्कृत विश्वविद्यालय जलाउने, मन्दिरहरुमा फोहोर गर्ने, गौमाताको हत्या गरेर मासु खाने आदि इत्यादी सैतानी कर्म गरेका थिए ।

२०६३ सालपछि माओवादीहरुले त्यही रिस फेर्ने कुकृत्य गरे । नेपाललाई धर्मनिरपेक्ष, गणतन्त्र घोषणा गराउन यन्त्रतन्त्र दबाब दिने काम गरेर नेपाललाई इसाईकरण गराउन सजिलो बनाउन चौतर्फी दबाब दिए । भारत लगायत विश्वका हिन्दूहरुले नेपालमा संवैधानिक राजसंस्था र हिन्दूअधिराज्यलाई ठूलो सम्मानका दृष्टिले हेर्थे । हिन्दू अधिराज्य हिन्दूवादको लागि मात्र नभएर सुरक्षा अवधारणाको लागि पनि यो एउटा ठूलो स्रोत थियो । नेपालको राजसंस्था भनेको एकताको मिओ र देशको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित संस्था हो ।

नेपालमा कम्युनिष्टहरु अहिले रोगको रुपमा देखापरेका छन् । कम्युनिष्ट भनेको के हो उनीहरु आफै भन्न सक्तैनन् । नेपालका कम्युनिष्टहरुमध्ये माओवादीभित्र धेरैजसो क्रिस्चियन छन् । एमाले, माले र अन्य कम्युनिष्टहरु अधिकांक्ष हिन्दुहरु छन् तर आफूहरुलाई धर्मनिरपेक्षवादी ठान्छन् । त्यसैले अहिले नेपालका इसाईहरु र कम्युनिष्टहरुको सत्ता छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : ०८ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका