हेटौंडा केन्द्र र बाग्मती नामका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसको ह्वीप « Khabarhub

हेटौंडा केन्द्र र बाग्मती नामका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसको ह्वीप


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकमत देखिएका छन् ।

दुवै दलको आइतबार विहान बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौंडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप समेत जारी गरेका छन् ।

प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र कांग्रेसले ह्वीप जारी गरेका हुन् ।

नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिएका बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौंडा र बाग्मतीका पक्षमा मतदान गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : १० बजे

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्