इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा बेलायती राजदूत पक्राउ « Khabarhub

इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा बेलायती राजदूत पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत–युक्रेनी यात्रुवाहक विमानलाई “भुलवश” खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् ।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले “अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन” भनेको बीबीसीले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएका थिए ।

पछि उक्त कार्यक्रम सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो। त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए ।

वेलायती विदेशमन्त्री डोमिनिक राबले एउटा वक्तव्यमा भनेका छन्, “तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन हो।”

तस्निम समाचारसंस्थाले बेलायती राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्वीर ट्विटरमा पोस्ट गरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार मकेयरमाथि सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ .

शनिवार इरानी अधिकारीहरूले युक्रेनी यात्रुवाहक विमानमा “मानवीय त्रुटि” का कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए । त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिवार मानिसहरू भेला भएका थिए ।

एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३० बजे

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित

मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’

काठमाडौं – मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको