अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा « Khabarhub

अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश नं २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताएका छन् ।

महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनमा अर्थमन्त्री खतिवडाले प्रदेश नं २ मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यस प्रदेशका स्थानीय सरकार, प्रदेश सरकार तथा जनताको सेवा सुविधाका लागि कार्यरत प्रत्येक निकायलाई एकअर्कासँग समन्वय गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।

उनले अहिले सबैभन्दा ठूलो आन्दोलन समाज परिवर्तनको आन्दोलन गर्न, आर्थिक रुपान्तरण गर्न र चौतर्फी विकासका नयाँनयाँ योजना ल्याउन सुझाव दिए । उनले कुनै एक प्रदेश, कुनै एक स्थानीय तह वा कुनै एक क्षेत्र विशेषको विकास गर्दैमा नेपालको विकास नहुने उल्लेख गर्दै सङ्घीय सरकारले देशको चौतर्फी विकासका लागि सबै प्रदेश र स्थानीय तहलाई आवश्यकता हेरी बजेट दिने गरेको बताए ।

अर्थमन्त्री डा खतिवडाले बजेटको सदुपयोग गरेमा देश साँच्चै विकास हुने विश्वास व्यक्त गरे । प्रदेश नं २ को सरकारले प्राप्त बजेटको ६० प्रतिशत पनि खर्च गर्न नसकेकाले विकास पनि सोचेजस्तो नहुने भन्दै उहाँले ८०/८५ प्रतिशतसम्म बजेट खर्च गर्न निर्देशन दिए ।

अर्थमन्त्री डा खतिवडाले नेपाल सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई पूरा गर्न नेपाल सरकार अहिले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै आएको बताए ।

उनले विकासका लागि अगाडि बढ्न तथा जनताको घरदैलोमा गएर सेवा दिन सबैलाई सुझाव दिए ।

मन्त्री खतिवडाले महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वर प्रदेश नं २ कै नमूना भन्सार रहेको र पछिल्लो दिनमा यस भन्सारले राजस्व सङ्कलन तथा व्यापारमा निक्कै महत्वपूर्ण भूमिका खेलेको बताउँदै अर्थमन्त्री डा खतिवडाले यस भन्सार कार्यालयले आउँदा दिनमा थप सुविधा पाउने बताए ।

उनले वर्षौंदेखि भारु रुपैयाँका लागि सटही काउण्टरको अभावको समस्या झेल्दै आएका महोत्तरी तथा यस भन्सार नाकाबाट भारत जानेको पीडामा मल्हम लगाउनका लागि भन्सार परिसरमै चाँडै सटही काउन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ६ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका