नेपाल आउने पर्यटक घटे, सन २०१९ मा ११ लाखले गरे भ्रमण  « Khabarhub

नेपाल आउने पर्यटक घटे, सन २०१९ मा ११ लाखले गरे भ्रमण 


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि नेपाल आउने पर्यटकको संख्या घट्दो क्रममा रहेको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१९ मा ११ लाख ५२ हजार ५ सय ६१ जना विदेशी पर्यटक नेपाल आएका छन् । जुन सन २०१८ को भन्दा कमी हो । सन २०१८ मा  मा ११ लाख ७३ हजार पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

सन २०१९ मा यूरोपेली देशबाट नेपाल आउने पर्यटक घेटेको विभागको तथ्यांकले देखाएको हो । तर, छिमेकी मुलुक भारत र चीनबाट भने पर्यटकहरु अघिल्लो वर्षको तुलनामा केही बढी भित्रिएका छन् ।

अमेरिका, बेलायत जर्मनी लगायतका देशबाट पनि केही बढी मात्रामा पर्यटकहरु नेपाल भित्रिएका छन् ।

भारतबाट सवैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन २०१९ मा भारतबाट नेपाल आउने पर्यटकको संख्या २ लाख ९ हजार रहेको छ भने सन् २०१८ मा भारतबाट २ लाख पर्यटक नेपाल आएका थिए ।

चीनबाट २०१८ मा १ लाख ५३ हजार पर्यटक आएकोमा सन २०१९ मा १ लाख ६९ हजार पर्यटक नेपाल भित्रिएका छन् । यस्तै अमेरिकी पर्यटक २ हजारले बढेर ९३ हजार पुगेका छन् ।

श्रीलंकाबाट आउने पर्यटकको संख्या १५ हजार भन्दा धेरैले घटेको छ । श्रीलंकाबाट सन् २०१८ मा ७० हजार ६ सय पर्यटक नेपाल आएकोमा सन् २०१९ मा ५५ हजार ८ सय ६९ पर्यटक मात्रै नेपाल आएका छन् ।

यस्तै बेलायतबाट आउने पर्यटक पनि घटेका छन् । सन् २०१८ मा ६३ हजार पर्यटक आएकोमा अहिले ६१ हजार पर्यटक आएका छन् । यस्तै सन् २०१८ मा फ्रान्सबाट ३१ हजार पर्यटक आएकोमा सन् २०१९ मा ३० हजार ६ सय पर्यटक आएका छन् ।

यस्तै गएको वर्ष जर्मनबाट ३६ हजार, थाइल्याण्डबाट ४१ हजार, अष्ट्रेलियाबाट ३८ हजार, बंगलादेशबाट २५ हजार, म्यानमारबाट ३६ हजार, मलेसियाबाट २१ हजार, जापानबाट ३० हजार, कोरियाबाट २९ हजार पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : २२ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका