राष्ट्रिय एकताको रथ भनेकै ‘पृथ्वी पथ’ होः राप्रपा संयुक्त « Khabarhub

राष्ट्रिय एकताको रथ भनेकै ‘पृथ्वी पथ’ होः राप्रपा संयुक्त


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन, वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ ।

पृथ्वीनारायण शाहलाई महापुरुष स्वीकार गर्दै राप्रपा (संयुक्त) ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने माग समेत सरकारसँग गरेको हो ।

राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने, ‘गोरखा जस्तो सानो देशबाट आरम्भ भएको एकीकरणको अभियान सानो दुखले सम्पन्न भएको होइन । पृथ्वीनारायण शाह नभएको भए हामी नेपाली भएर गर्वसाथ बाँच्न पाउने थिएनौं । यसकारण पृथ्वीनारायण शाहको योगदानलाई हामी सबैले कदर गर्नुपर्दछ । सरकारले पनि राष्ट्र निर्माताको सम्मानमा कुनै कन्जुस्याई गर्नु हुन्न ।’

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा संयुक्तले पृथ्वी नारायण शाहको सिंहदरबारस्थित सालिकमा आइतबार माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो ।

सोही अवसरमा संचाकर्मीहरुसँग कुराकानी गर्दै राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने, ‘राष्ट्रियता, राष्ट्रिय एकता र सुशासनका बारेमा पृथ्वीनारायण शाहका विचार र वाणीहरु आज झनै सान्दर्भिक छन् । घुस लिने र दिने दुबै अपराधी हुन् भन्ने मान्यता मात्र हामीले राष्ट्रिय जीवनमा अनुसरण गर्न सके अहिलेको लुटतन्त्र नियन्त्रण हुने थियो, नेपालमा विकास र समृद्धि प्राप्त हुने थियो ।’

राप्रपा (संयुक्त) ले भद्रकालीबाट बाजागाजा सहितको जलुस गर्दै पृथ्वीनारायण शाहको सालिकमा पुगी माल्यार्पण गरेको थियो । सो पार्टीले नेपाल र नेपालीको एकमात्र दुरदर्शी एकताका सुत्रधार पृथ्वीनारायण शाह भएको भन्दै राष्ट्रिय एकताको रथ भनेको नै ‘पृथ्वी पथ’ भन्ने मूलमन्त्र अघि सारेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : ३४ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर