संसदमा प्रश्न : कोरोना संक्रमण फैलिएमा नेपालले नियन्त्रणमा लिन सक्दैन, पूर्व सावधानी खोइँ ? « Khabarhub

संसदमा प्रश्न : कोरोना संक्रमण फैलिएमा नेपालले नियन्त्रणमा लिन सक्दैन, पूर्व सावधानी खोइँ ?


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको संक्रमण नेपालमा भित्रिएका त्यसलाई नियन्त्रणमा लिन नसकिने भन्दै पूर्व सावधानी अपनाउन माग भएको छ ।

विहीवार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकार कोरोनाबारे गम्भीर नभएको आरोप लगाए ।

अमेरिका युरोप लगायतले यात्रा लगायतमा प्रतिवन्ध लगाइसकेको र धेरै मानिसहरु भीडभाड हुने काम रोकिसकेको भएपनि नेपाल सरकारले त्यसलाई वेवास्ता गरेको उनले आरोप लगाए ।

उनले संसद पनि रोक्नु पर्ने बताए ।

‘सरकारले अहिले पनि निरन्तर चलाइरहेको छ । जहाँ भीडभाड हुन्छ त्यहाँ संक्रमण हुने खतरा हुन्छ । स्कूलहरु बन्द गर्नुपर्‍यो’ उनले भने,‘फैलिहाल्यो भने हामीसँग केही पूर्वाधार छैन यसलाई रोक्न, अमेरिका युरोपले त उडानहरु रोकेका छन् हामीले चलाइरहेका छौं ।’

कोरोनाको संक्रमण फैलियो भने नेपालले नियन्त्रणमा लिन नसक्ने र धेरै मानिसहरुको ज्यान जाने हुँदा पूर्व सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ११ : ३० बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन