संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव « Khabarhub

संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।

यसअघि सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीको पहिलो नम्बरमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय उल्लेख थियो ।

उक्त प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने भनिएको थियो । तर, बिहीबार बिहान ११ बजेतिर बैठक शुरु हुनुभन्दा केही अगाडि उक्त प्रस्तावलाई कार्यसूचीबाट हटाइएको हो ।

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ भन्दै नेकपा सांसदलले संकल्प प्रस्ताव दर्ता गर्न लागेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ११ : ३२ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन